Section 21A
विवरण माग गर्न सक्ने

दफा २१ को उपदफा (१) बमोजिम मान्यता प्रदान गरिएका डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरू प्रदान गर्ने मेडिकल संस्थाले त्यस्तो डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधिहरूको निमित्त निर्धारित गरेको पाठ्यक्रम तथा भर्नाको लागि निर्धारित गरेको शर्तहरूको सम्बन्धमा काउन्सिलले समय समयमा त्यस्तो संस्थासँग विवरण माग गर्न सक्नेछ र सो विवरण उपलब्ध गराउनु त्यस्तो संस्थाको कर्तव्य हुनेछ ।